बेलडाँडी । बेलडाँडी गाउँपालिका २ चवन्नी बजारदेखि कालिकिच सम्म जोड्ने सडक विस्तारका क्रममा नेता कर्मचारीका व्यवासायीक संरचनाहरु सडकको नक्सा भित्र पर्ने भएपछि नक्साको बाटो खोल्नबाट रोकिदिन बेलडाँडीका मै हुँ भन्ने नेताहरु विभिन्न निकायमा हारगुहार गरिरहेका छन् ।

 

बेलडाँडी गाउँपालिकाले चवन्नी बजार महेश पाण्डेयको जमिन देखि कालिकिच जोड्ने नक्साको सडक निर्माणका लागि पालिका प्रमुख रानाले सडकमा पर्ने आफ्नै घरमा डोजर लगाए अरूलाई पनि सडकमा भएका संरचना हटाउनहुन प्रेरित गरेका छन् ।

 

विकासी नारा घन्काउने मै हुँ भन्नेहरुले अहिले नक्साको बाटो खोल्नबाट रोकिरहेका छन् । केहि नेताहरुले झुक्याउदै कतिपयलाई पुर्जाको जमिन हो भन्दै नक्साको बाटो भिडाएको देखिन्छ । केहि नेताहरुको घर बेलडाँडी बजार देखि चवन्नी बजार सम्म सडकको नक्सा भित्र परेको छ भने केहि नेताको घर अहिलेको १२ मिटर सडक खोल्दा सडकमा घर आउने देखिएपछि जसरी नि नक्साको सडक खोल्न रोक्न थालिएको छ ।

 

न त उनीहरुले सहमति गरिरहेका छन् न त नक्साको बाटो नै खोलिरहेका छन् । जसरी पनि पालिका प्रमुख रानालाई असक्षम बनाउने खेल शुरु भएको छ । यता पालिका प्रमुख हरिशचन्द्र रानाले सडकमा पर्ने आफ्नै व्यवसायिक घरमा डोजर लगाएका थिए । केही वर्ष अघि रानाले चवन्नी बजारमा एक व्यवसायिक सटर निर्माण गरेका थिए, उक्त घर नक्सा अनुसार सडकमा परेपछि उनले आफ्नै घरमा डोजर लगाएर सडकको जमिन खाली गरिदिएका छन् ।

गाउँप्रमुख रानाले व्यक्तिगत स्वार्थभन्दा गाउँको दीगो विकास र समृद्धिका लागि आफूले आफ्नै संरचना भत्काएर सडकमा पर्ने घर हटाएको बताएका छन् । गाउँपालिकाले चवन्नी–कालिकिच सडक विस्तारका क्रममा सडकमा पर्ने संरचना हटाउन दुई पटक सूचना जारी गरेको थियो। कसैले पनि हटाउन नमानेपछि मंगलबारदेखि उनले आफैले आफ्नैबाट शुरु गरेपछि अहिले धमाधम खालि गरिन थालेको छ ।

विकासका लागि पूर्वाधार भन्दै सडक विस्तारको लागि सबैले मिलेर सहकार्य गर्नु पर्ने आवश्यकता रहेको उनले बताए। “हामी सबै मिलेर नक्साअनुसारको क्षेत्रमा रहेका संरचनाहरू हटाउनु पर्छ, यो बाध्यता हो, न एक दिन हामीले खाली गर्नु पर्छ, त्यसैले अहिले नै मिलेर अघि बढ्नु उत्तम हुनेछ,” उनले भने।

 

सडक विस्तारका क्रममा प्रारम्भिक असहजताहरू आउन सक्छन्, तर दीर्घकालीन रूपमा यसले सबैलाई फाइदा हुन्छ, व्यवस्थित सडकले व्यापार, यातायात, पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउँछ।

 

कानूनी रूपमा नक्साको सडकलाई कुनै व्यक्तिले निजीकरण गर्न सक्दैन, त्यसैले सबैले नक्साको बाटो खोल्ने सहमतिमा आउनुपर्ने बताए। चालु आर्थिक वर्षमा संघीय सरकारको १ करोड र ९० लाख बजेटमा चवन्नी बजारदेखि कालिकिच प्राकृतिक तालसम्म सडक विस्तारको योजना छ।

प्रतिक्रिया दिनुस