कञ्चनपु्र । कञ्चनपुरको बेदकोट नगरपालिका एक वडाध्यक्षको निधन भएको छ । बेदकोट नगरपालिका ९का वडाध्यक्ष जनक सिह विष्टको निधन भएको हो । बुधबार दिउँसो बेदकोट ताल क्षेत्रमा बेहोस भेटिएका वडाध्यक्ष विष्टको उपचारका क्रममा निधन भएको जनाईएको छ ।

बेहोस भेटिएका वडाध्यक्ष विष्टको बुधबारै साँझ महाकाली अस्पतालमा उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ । वडाध्यक्ष विष्टकोे उपचारमा महाकाली अस्पतालका निमित्त मेसु डा अर्जुन कुमार विष्ट नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीले केही घण्टा प्रयास गर्दा गर्दै प्रण त्यागेका थिए ।

वडाध्यक्ष विष्टको मृत्यु बारे प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले वडाध्यक्षको निधनको कारण बारे अनुसन्धान अघि बढाईने बताए । बिहीबार मात्रै शव परीक्षण गरिने अस्पतालले जनाएको छ ।

निधनको एक दिन अघि मात्रै वडा्रध्यक्ष विष्टले आफ्नो समाजिक सञ्जालमा हासो भित्रको पिडा भन्दै फेसबुक स्टाटस राखेका थिए । बिहान वडामा समाजिक सुरक्षा भत्ता वितरण गरेपछि उनी कामका लागि भन्दै मोटरसाईकलमा हिडेका थिए ।

उनले कावा अध्यक्ष सदस्य पार्वती विष्टलाई दिएर सदाधका लागि विदा भएका छन । नेपाली सेनाबाट सेवानिवृत भएका विष्ट ०७४मा वडा सदस्य र ०७९मा वडाध्यक्ष भएका थिए । युवा वडाध्यक्ष विष्टको निधनसंगै घर परिवारमा बज्रपात मच्चिएको छ । भने, आफन्त, साथिभाई शोकाकुल भएका छन ।

प्रतिक्रिया दिनुस