शुनिल राना

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १९बागफाँटामा चार दिनमै अवधिमा ५सय बढि विद्यार्थी भर्ना भएका छन । यस शैक्षिक सत्र ०८२मा शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयमा तोकिएको समयमा विद्यार्थी भर्ना भएका थिएनन ।

सरकार र शिक्षक महासंघविच ९बुँदे सहमती पछि शिक्षक विद्यालय फर्किएका थिए । शिक्षक विद्यालय फर्किए लगत्तै विद्यार्थी भर्ना अभियान र पाठ्यपुस्तक वितरणमा जुटेका छन । पछिल्ला बर्षहरुमा शैक्षिक गुणस्तर सुधारोन्मुख गर्दै आएको लक्ष्मी माविमा हालसम्म ५सय बढि विद्यार्थी भर्ना भईसकेको विद्यालयले जनाएको छ ।

लक्ष्मी माविका प्रद्यानाध्यापक प्रमानन्द नाथले नर्सरीदेखि ११सम्म अग्रेजी नेपाली दुवै माध्यमबाट पठन पाठन गर्दै आएको बताए । विद्यालयमा गणित पार्कदेखिका शैक्षिक भौतिक सरचना निर्माण भएका छन । विद्यालय भर्नाका लागि लक्ष्मी माविले अभिभावक, विद्यार्थीमा आब्हान गरेको छ ।

प्रतिक्रिया दिनुस