कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थानीय सरकारले सामुदायिक विद्यालय सुधारका लागि कठोर निर्णय लिएको छ । नगरपालिकाले चालु शैक्षिक सत्र ०८२मा नगरका सरकारी कर्मचारी, शिक्षक, विद्यालयका कर्मचारी, समितिका पदाधिकारीका सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेपछि नगरका विपन्न समुदायकले मेयर ओझाको हाईहाई गरिरहेका छन ।
नगरको जनमुखी निर्णय बिरुद्धमा केही दिन अघि निजी विद्यालयका संचालकहरुले अदालतमा मुद्दा दायर गरे तर अन्तरिम आदेश मागेपनि उच्च अदालत महेन्द्रनगर ईजलासले आदेश दिएन । निजी विद्यालयका संचालक समेत रहेका एमाले कृष्णपुर नगरका अध्यक्ष कुबेर खडकाले नगरपालिका बिरुद्धमा बिष बमन गर्नेदेखि अदालतमा आफै उपस्थित भएर मुद्दा मामिला गर्दै हिड्ने अनि पाटी प्रयोग गरेर पालिकाको निर्णय बिरुद्धमा आफै उत्रिरहेपछि स्थानीय सरकारले दोहोरो भूमिका भएको टिप्पणी गरेको छ ।
पालिकाले उक्त निर्णय गरेपछि निजी विद्यालयमा विद्यार्थी रित्तिनेदेखि आफ्नो निहित स्वार्थ अनुकुल शिक्षा क्षेत्र संचालन हुन नसकेपछि असन्तुष्ट भएको छ । नगरका विपन्न जनताले सामुदायिक विद्यालय सुधारको निर्णय गरेपनि गरिब विपन्न जनताको मुद्दा उठाउँदै आएको एमालेले खुसी हुनुको साटो पालिकाले गरेका निर्णय बिरुद्धमा जाने कार्य सोभनिय नभएको टिप्पणी गरिएको छ ।
यद्यपी एमाले कृष्णपुरले मेयर हेमराज अोझा लक्षित गरेर आफै संस्थागत विद्यालयको संस्थापक भएर सामुदायिक विद्यालय धरासायी बनाउन लागेको आरोपदेखि नगर शिक्षा समिति गत बैशाख ३१ गने गरेका निर्णय सार्वजनिक सहित शैक्षिक बेथितिका एजेण्डा अघि सारेका छन । नगरपालिकाले सामुदायिक विद्यालय सुधारका लागि अघि सारेका कदम बिरुद्धमा केही दिन अघि निजी विद्यालयका संचालक अदालत गएका थिए । आफुले मागे अनुरुप पालिका बिरुद्धमा अन्तरिम आदेश नदिएपछि असन्तुष्ट भएका थिए ।
देश र प्रदेशमा एमाले, काँग्रेस नेतृत्वमा सरकार छ । तर, कञ्चनपुरको कृष्णपुरमा एमाले काँग्रेस नेतृत्वको स्थानीय सरकार बिरुद्ध विष बमन गर्न थालेपछि काँग्रेस नगरका स्थानीय कार्यकर्ताहरु समेत रुष्ट भएका छन । कृष्णपुर नगरपालिकाले मंगलबार एमाले नगर अध्यक्ष कुबेर खडका, सांसद नर बहादुर धामी सहितको उपस्थितिमा पालिकामा आएर प्रेस विज्ञप्ती जारी गर्दै नगरपालिकाले शिक्षा सुधारका लागि गरेका निर्णय बिरुद्धमा समाजिक सञ्जालदेखि केही संचार माध्याममा पोष्ट गरेको देखेपछि अचम्मित भएको जनाएको छ ।