कञ्चनपुर । राजधानी काठमाण्डौँमा राजावादी पुर्व पञ्चहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले १५ जेठमा पुरै काठमाण्डौँमा कब्जा गर्ने अभिव्यक्ति दिएपछि राजावादी रुष्ट भए । आन्दोलनमा उत्रिएका राजावादीहरुले एमाले अध्यक्ष मात्रै नभई प्रधानमन्त्री ओली स्तरबाटै यस्तो अभिव्यक्ति भन्दै एमाले लक्षित झोले अभिव्यक्ति दिए ।

त्यस लगत्तै प्रधानमन्त्री ओलीले झोले हो भन्दै अभियान शुरुवात गरियो । त्यसको पाटीभित्र र बाहिर बिरोध गरियो । जनयुद्धका बेला माओवादीले प्रचण्ड पथ अघि सारेका बेला बिरोध गर्ने एमाले अहिले पाटी अध्यक्ष ओलीले अघि सारेको म झोले अभियानको न्वारनदेखि साथसर्मथन गर्न लागेका छन ।

उक्त म झोले अभियान काउण्टर दिन एमाले सहित, विभिन्न दल, नागरिकले त्यस बिरुद्ध अभियान चलाएका छन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका तीन विद्यार्थी नेता अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल), पुर्व अध्यक्षद्वय भीम भट्ट, सिके भट्टले ‘म कसैको झोले होईन, सचेत नागरिक हुँ ।’

भन्दै काउण्टर दिएका छन । स्वदेश तथा विदेशमा रहेका नागरिकहरुले देश , समाज बनाउनेले झोला बोक्ने भन्दा विचार, योजना बोक्नुपर्ने भन्दै सत्ताधारी एमालेको टिकाटिप्पणी भईरहेको छ ।

प्रतिक्रिया दिनुस