सुनिल राना कञ्चनपुर, असार १५
कञ्चनपुरको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण स्कुल)ले फेरी जिल्लामै सबैभन्दा बढि विद्यार्थी उर्तिण गराउन सफल भएको छ । राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेकोे माध्यामिक शिक्षा परीक्षा (एसईई) शैक्षिक सत्र ०८१ मा पनि भीमदत्त नगरपालिका १८ कटानको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण स्कुल)ले फेरी जिल्लामै सबैभन्दा बढि विद्यार्थी उर्तिण गराउन सफल भएको हो ।
महेन्द्रनगर नमुना मावि(साधारण स्कुल) माध्यामिक संयोजक गंगादत्त भट्टले ८४ प्रतिशत विद्यार्थी उर्तिण भएको बताए । उनले २ सय ३४ विद्यार्थी मध्ये १ सय ९६ विद्यार्थी उर्तिण भएको बताए । उनका अनुसार एप्लस ३० विद्यार्थी, ए ६८ विद्यार्थी, बिप्लस ६३ विद्यार्थी र बि ३५ विद्यार्थीले ग्रेट ल्याएका छन ।
महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण स्कुल) प्रद्यानाध्यापक देवराज भट्टले आगामी दिनमा विद्यार्थीका अतिरिक्त कक्षादेखि शिक्षकलाई तालिम दिएरै भएपनि चार जिपिएदेखि सत प्रतिशत विद्यार्थी उर्तिण बनाउने प्रयास गर्ने बताए ।
छात्रद्वय ग्रीष्म अवस्थी र हेमन्त पाण्डेय टपर विद्यार्थी बनेका छन । अवस्थी र पाण्डेयले ३.९५ जिपिएर ल्याएका हुन । ०८० मा हिमाल विष्टले पनि ३.९५ ल्याएका थिए ।
महेन्द्रनगर नमुना माविका अध्यक्ष बिरेन्द्रराज विष्टले विद्यार्थी, शिक्षकको मेहनतले नतिजा उत्कृष्ठ ल्याउन सफल भएको बताए । आगामी दिनमा थप गुणस्तरिय नजिताका लागि विद्यालयले थप प्रयास गर्ने बताए । उनले विद्यालयको थप उत्कृष्ट नतिजा ल्याउनका लागि केही दिन समिति र शिक्षकविच कार्य सम्पादन समेत गरिएको बताए ।