धनन्जय अवस्थी, असार १७, सुदूरपश्चिम प्रदेश बैतडी जिल्लाको पुर्चौडीमा रहेको डिलेश्वरी नमुना माविले माध्यामिक शिक्षा परीक्षा(एसईई)मा उत्कृष्ट नतिजा ल्याएको छ । गत शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको नतिजा अनुरुप डिलेश्वर माविले उत्कृष्ट नतिजा ल्याएको हो । विद्यालयको तथ्याङ्क अनुसार सत प्रतिशत ८५ विद्यार्थी उर्तिण भएका छन । बबिता भण्डारी ३.८५, दिपक गडाल ३.७८, अस्मिता रैकाल ३.८४, शिर्षक धामी ३.६०जिपिएर लयाएर उत्तिर्ण भएका हुन ।
डिलेश्वरी माबि मा ३.६ देखि ४ सम्म ४ विद्यार्थी, ३.२ देखि ३.६ सम्म ४२ विद्यार्थी, २.८ देखि ३.२सम्म ३४ र २.४देखि २.८सम्म ५ विद्यार्थी उतिर्ण भएका छन ।
विद्यालयले आगामी दिनमा थप शैक्षिक सुधारका कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जाहेर गरेका छन । शिक्षक,अभिभावक र विद्यार्थीको अथक मेहनतले यस बर्ष सत प्रतिशत नतिजा ल्याउन सफल भएको डिलेश्वरी नमुना मावि हाँटका प्र .अ .बिरेन्द्र बहादुर धानुकले बताउनुभयो।