शुनिल राना
कञ्चनपुरको एक निजी विद्यालयले फुटसल मैदाननिर्माण गरेको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगरको सार्क एजुकेशन फाउण्डेशन(विद्यालय)ले फुटसल मैदान निर्माण गरेको हो । सार्क एजुकेशन फाउण्डेशन(विद्यालय) प्लसटु सयोजक भागवत देव भट्टले विद्यार्थीलाई खेलकुदसंग जोड्नका फुटसल खेलकुद मैदान निर्माण गरेको बताए ।
उनले विद्यालयकै लगानीमा उक्त मैदान निर्माण गरिएको बताए । जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुबेर खडकाले खेल मैदान उद्घाटन गर्दै विद्यार्थीका लागि खेलकुद कार्यक्रम अभ्यास गर्न सहज हुने बताए । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले फुटसल मैदान निर्माणले खेलकुद क्षेत्रमा टेवा पुग्ने बताए ।
सार्क एजुकेशन फाउण्डेशन(विद्यालय)का प्रमुख कार्यकारी अधिकृत लक्ष्मण बस्नेतले फुटबल सहितका अन्य खेलकुद विद्यादेखिका बहुप्रयोग गरिने बताए । विद्यालयमै ईन्डोर फुटसल मैदान निर्माण भएपछि विद्यार्थीलाई विभिन्न खेलकुद विद्यामा अभ्यास गर्न सहज हुने जनाएका छन ।