कञ्चनपुर । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयले माग अघि सारेका छन । भीमदत्त नगरपालिका ३ तिलकपुर–विष्णूमन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयले माग अघि सारेका हुन ।
बिहीबार केही स्थानीयले सडकमै आएर बर्षातका बेला कालोपत्रे गरेर काम काट्नु भन्दा घाम लागेका दिन सडक निर्माण गरेर गणस्तरिय बनाउन माग अघि सारेका छन । स्थानीय शंकर विष्टले आकासबाट पानी आईरहेका बेला निर्माण व्यवसायीले कालोपत्रे गरेको र माथिबाट पानीले सडक गुणस्तर नहुने बताए ।
‘पानी परेकै दिन कालोपत्रे भयो, ‘उनले भने, ‘यसरी कालोपत्रे हुँदा सडकको गुणस्तरियता हुदैन ।’ उनले समय म्याद भए किन बर्षातका बेला कालोपत्रे गर्न लागेको भन्दै प्रशन गरेका छन । अर्का स्थानीय राम बहादुर जप्रेलले बजेट सक्नका लागि कालोपत्रे गर्न नहुने बताए । उनले कालोपत्रे भएको सडक उम्किरहेको बताए ।
‘जनताले कालोपत्रे गुणस्तरिय बलियो हुनुपर्छ, भनेका छन, ‘उनले भने, ‘सडक मापदण्ड अनुरुप गुणस्तरिय बन्नुपर्छ ।’ अर्का स्थानीय दान सिह विष्टले पानी परेकै दिन कालोपत्रे गर्दा समस्या भएको बताए । उनले जहाँ जहाँ समस्या देखियो, त्यहाँ त्यहाँ सुधारमा जोडदिएका छन । पुर्व वडाध्यक्ष समेत रहेका जप्रेलले आर्थिक बर्ष सकिने र बर्षातका बेला यसरी राज्यको स्रोत दोहन गर्न स्वीकार नहुने समेत जिकिर गरेका छन ।
स्थानीय सुरेश विष्टले सडक निर्माणको काम सम्पन्न नभएको हुँदा निर्माणका क्रममा देखिएका त्रृटी निर्माण व्यवसायीले हटाउनुपर्ने बताउँदै मापदण्ड निर्माणमा सुझाव दिएका छन । सडक निर्माणका क्रममा खटिएका मजदुर दिपक सार्कीले बुधबार घाम लागेका बेला कालोपत्रेको काम भईरहेका बेला एक्कासी पानी आएको बताउँदै उताबाट फालिसकेको माल मर्मत गरेको बताए ।
स्थानीयले सडक निर्माणमा अनियमितता भए सम्बन्धीत निकायदेखि अख्तियार कार्यालयमा जाने चेतावनी दिएका छन । स्थानीयले विकासका लागि आएको राज्यको रकम सदुपयोग गरिदिन समेत आग्रह गरेका छन । निर्माण व्यवसायी मनकामना विल्र्डसका संचालक नरेश कुँवरले बर्षातका बेला कालोपत्रे नगरेको दावि गरेका छन । उनले ठेक्का रनिङमै भईरहेको बेला देखिएका त्रृटी पुरा गर्दै मापदण्ड अनुरुप अघि बढ्ने बताए ।
‘यहाँ सडक निर्माणको विषयलाई लिएर केही स्थानीयले प्रशन उठान, गुनासा राखेका छन, ‘उनले भने, ‘जनताका गुनासा सम्बोधन गर्दै निर्माणकै क्रममा भएको हुँदा मापदण्ड अनुरुपै गुणस्तरिय सडक निर्माण गछु ।’ आफुले पनि अन्तैबाट प्लान्ट ल्याएको र त्यही प्लान्टमा त्रृटी भएको उनको दावि छ । उनले आफ्नो ससुराली गाँउ भएकाले पनि समाजिक नैतिक रुपमा थप जिम्मेबार भएर सडक निर्माण गर्ने विश्वास व्यक्त गरेका छन ।
दायाँबायाँ ढल सहित ५सय मिटर सडक कालोपत्रेकाको उक्त योजनाकोे म्याद भएकाले मापदण्ड अनुरुप गुणस्तरिय बनाउने निर्माण व्यवसायीको प्रतिबद्धता छ । सडक निर्माणका क्रममा आवश्यक सहयोग गरिदिन उनले आग्रह गरेका छन ।