खडक रावल   कञ्चनपुर, असार २९

पछिल्ला दिनहरुमा कञ्चनपुरमा निरन्तर सडकमा सवारी दुर्घटना भईरहेका छन । जिल्लाका विभिन्न स्थानमा निरन्तर भयानक सवारी दुर्घटना भईरहेका हुन । सवारी दुर्घटनामा चर्चित सम्भावना बोकेका युवाले ज्यान गुमाईरहेका छन । दुई साता अघि दैजीका युवा व्यवसायी दिपक चन्दको बलोरो जिपको ठक्करले मृत्यु भएको घटना सेलाउन नपाउँदै राजमार्गदेखि सहायक राजमार्ग, ग्रामिण भेगका सडकमा समेत दुर्घटना भईरहेका छन ।

जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास अटो र मोटरसाईकल एक आपसमा ठोकिदा पुनर्वास २मोतीबस्तीका ५० बर्षिया दान सिहको मृत्यु भयो । महेन्द्र शाही, गोबिन्द शाही, कालु शाही घाईते भई उपचारार्थ छन ।

बेलौरी कलुवापुर सडक खण्डको बन्साहमा यात्रु बहाक बसको ठप्परले ५५बर्षिया द्रोपती भट्टको उपचारका क्रममा धनगढीमा निधन भयो ।

शुक्रबार राती शुक्लाफाँटा नगरपालिका १०झलारीका ३८बर्षिया युवा ललित जोशीको पनि अकालमै ज्यान गएको छ । महेन्द्रनगरदेखि झलारी गईरहेका जोशी लुप ०२००१प२८५१ चढेकोे मोटरसाईकलसंग झलारीदेखि महेन्द्रनगर आउन लागेको अर्को मोटरसाईकलसंग ठोक्कीएर गम्भिर भाईते भएका जोशीको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । तर, जोशी चढेको मोटरसाईकलसंग प्रहरी नै चढेको मोटरसाईकलविच ठोक्कीएर दुर्घटना भएको प्रत्यक्षदर्शीदेखि मृतक आफन्त गाँउलेले बताईरहेका छन । प्रहरीले उक्त घटनाको अनुसन्धान भईरहेको जनाएको छ । शुक्रबारै महाकाली चार लेन क्षेत्रमा टिप्परको ठक्करबाट बेदकोटका मगल बहादुर चन्द, दोधाराचाँदनीका लोक बहादुर सिह घाईते भएका छन । दुर्घटना भएपछि पीडितले न्यायका लागि सडक रोज्नुपर्ने बाध्यता छ । निरन्तर सडकमा सवारी दुर्घटनाले मृतकदेखि यात्रुसम्मलाई सास्ती खेप्नु परेको छ । कञ्चनपुर प्रहरीका प्रवक्ता सागर बोहराले ललित जोशी दुर्घटनाको अनुसन्धान भईरहेको बताए । प्रवक्ता बोहराले जोशीको मोटरसाईकलमा विपरित दिशाबाट आईरहेको कुनै मोटरसाईकल ठोकिन गयो वा अन्य कु्नै कारण पत्ता लगाउन लागेको बताए । मृतक पक्षले उक्त घटनाको सत्यतथ्य छानबिनको माग अघि सारेका छन । जिल्लामा निरन्तर दुर्घटना बढेर बालबालिका, किशोरकिशोरी, युवादेखि महिला बृद्धले अकालमा ज्यान गुमाउँदा समेत सरोकारवाला दिर्घकालिन दुर्घटना न्यूनिकरणको योजनामा जुटेको देखिन, केबल समाजिक सञ्जालमा हार्दिक श्रद्धान्जली केन्द्रीत समवेदना प्रकट मात्रै भईरहेको छ ।

प्रतिक्रिया दिनुस