कञ्चनपुर । कञ्चनपुरका सरोकारवालाहरुले कृषिकोे यथेष्ट तथ्याङ्कमा जोडदिएका छन । कृषि ज्ञान केन्द्र कञ्चनपुरले मंगलबार महेन्द्रनगरमा ‘कृषि तथ्याङ्क अद्यावधिकका लागि जिल्लाका पालिका प्रमुख, उपप्रमुख सहितका सरोकारवालासग गरेको अन्तरकृया कार्यक्रममा सरोकारवालाहरुले कृषिकोे यथेष्ट तथ्याङ्कमा जोडदिएका हुन ।

जिल्लाभरी कृषिका विभिन्न उत्पादित बस्तुको यथेष्ट विवरण बाहिर आए कृषि तर्फको वास्तविक अवस्था बाहिर आउने र त्यसको बृद्धि विकासका लागि थप सहज हुने बताएका छन । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख गोबिन्द सिजापतीले जिल्लामा कृषिको तथ्याङ्क अद्यावधिकका लागि पालिकाको महत्वपूर्ण भूमिका हुने भएकाले संयुक्त छलफल गरिएको बताए ।

उनका अनुसार जिल्लाका पालिका प्रमुख, उपप्रमुख सहितका जनप्रतिनिधी, कृषि शाखाका कर्मचारीहरुसंग आ–आफ्नो पालिकामा उत्पादित कृषि बस्तुको गणना सहजताका लागि संयुक्त छलफल गरिएको बताए ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि विकास अधिकृत धर्मसिह साउदले कार्यपत्र प्रस्तुत गर्दै कृषिजन्य बस्तुको भारतबाट आयात बढ्नेक्रम नरोकिएको बताए । भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव टिकेन्द्र कुश्मीले पनि कृषि बस्तुको आयात नरोकिएकाले कृषिमै आत्मनिर्भरका लागि पालिकाले समेत भूमिका निर्वाहमा जोडदिए ।

कञ्चनपुरका युवा किसान गोबिन्द विष्टले अनुदान लैजाने काम नगर्ने तर काम नगर्ने प्रवृतिले किसानको यथेष्ट तथ्याङ्क नआउने बताए । अर्का किसान राम बहादुर रानाले किसानमुखी कार्यक्रम संचालनमा जोडडदिए । तथ्याङ्क अधिकृत गोबिन्द न्यौपानेले कृषि तर्फको तथ्याङ्कमा देखिएका समस्या निराकरण गर्दैै एकिन तथ्याङ्क संरचना खडा गर्नुपर्नेमा सुझाव दिएका छन । बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथले कृषिकोे बृद्धि विकासका कार्यक्रम प्रभावकारी संचालनका लागि आश्यक रहेको औल्याए ।

बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले कृृषि क्षेत्रकोे विकासका लागि आवश्यक बजेट दिनुपर्नेमा सुझाव दिए समानुपातिक बजेट वितरणमा विभेद नगर्न सुझाव दिए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले स्थानीय तहहरुलाई रैथान कृषि बस्तु उत्पादनमा जोडदिएका छन ।

भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बीर बहादुर थापा(पातल)ले मन्त्रालयले कृषि विकास प्रर्बद्धनका कार्यक्रम संचालन गरिएको बताए । मन्त्री पातलले प्रदेशभरी कृषिमा आत्मनिर्भरका कार्यक्रम अघि बढेको बताए ।

मन्त्री पातलले कृषि तर्फको बृद्धि विकासका लागि यकिन तथ्याङ्कका लागि पहल गर्ने बताए । कार्यक्रममा कृषि मन्त्रालय, ज्ञान केन्द्र पालिका जनप्रतिनिधी सहितका सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस