सुडा रेडक्रस उपशाखालाई सुदूरपश्चिम खबरद्वारा पंखा हस्तान्तरण

कञ्चनपुर । आशिर्वाद मिडिया प्रा.लि. द्वारा सञ्चालित सुदूरपश्चिम खबरले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सुडा रेडक्रस उपशाखालाई पंखा हस्तान्तरण गरेको छ। बिहीबार आयोजित एक कार्यक्रमका बीच सुदूरपश्चिम खबरका कार्यकारी प्रमुख प्रकाश भट्टले सुडा रेडक्रस उपशाखाका सभापति शंकर दत्त जोशीलाई पंखा हस्तान्तरण गर्नुभयो।

सुदूरपश्चिम खबरका कार्यकारी प्रमुख प्रकाश भट्टले यस सहयोगले रेडक्रस उपशाखाको कार्यमा थप सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सुदूरपश्चिम खबरले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरू गर्दै आएको र आगामी दिनमा पनि सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै सुदूरपश्चिमको कला संस्कृति जोगाउन लागि पर्ने बताउनुभयो।

सुडा रेडक्रस उपशाखाका सभापति शंकर दत्त जोशीले सुदूरपश्चिम खबरलाई यस सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले यो सहयोगले उपशाखाका स्वयंसेवक र सेवाग्राही दुवैलाई लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो।

हस्तान्तरण कार्यक्रममा सुदूरपश्चिम खबरका सल्लाहकार प्रकाश कलौनी, उपशाखाका सचिव प्रेमराज अर्याल, कोषाध्यक्ष टिकाराम बोहरा, उपसचिव टेक बहादुर चन्द, सामाजिक अभियन्ता नरेश भट्ट लगायतको उपस्थिति रहेको थियो।

मनिषा भट्ट सञ्चालक, बिरेन्द्र कलौनी सम्पादक र हिरा भट्ट अतिथि सम्पादक रहेको यस मिडिया प्रा.लि.ले विगतमा वृद्धाश्रम तथा बाल अनाथालयमा सहयोग गरेको छ।

सुदूरपश्चिमको कला संस्कृति जोगाउन निरन्तर लागि परेको सुदूरपश्चिम खबरले आगामी दिनमा पनि सामाजिक कार्यहरू गर्न तथा कला संस्कृतिलाई जोगाउन निरन्तर लागि पर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुस