। कञ्चनपुरको वेदकोट नगरपालिका ७ सुडामा श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा श्रृंगारिक महाआरतीको आयोजना हुने भएको छ । राधाकृष्ण मन्दिरमाको प्राङगणमा सावन १३ गतेदेखी १९ गतेसम्म श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा श्रृंगारिक महाआरतीको आयोजना हुने भएको हो ।

राधाकृष्ण मन्दिर समिति मूल आयोजक समितिको आयोजनामा विभिन्न धार्मिक कार्यक्रमहरुको आयोजना हुने भएका छन् । परमपुज्य महाराज सरल कथा वाचक पं. विष्णु प्रपन्नाचार्य (प्रमोद पौडेल) का मुखार बिन्दबाट संगीतमय श्रीमद्भागवत कथा प्रवचन गरिने राधाकृष्ण मन्दिर समिति मूल आयोजक समितिका अध्यक्ष भुवन अर्यालले जानकारी दिनु भयो ।

धार्मिक सदभाव कायम गर्न, जिर्ण रहेको मन्दिरको समर्ग विकास, र अक्षयकोष स्थापानार्थ यो कार्यक्रमको आयोजना गरीएको उहाँले बताउनु भयो । श्री राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकासार्य तथा कोष निर्माणार्थ आयोजित कार्यक्रममा उपस्थित भई आध्यात्म लाभ लिनका साथै श्रृंगारिक महाआरती, १००८ शालिग्राम पुजन तथा परिक्रमा, रुद्रीपाठ, तुलादान, धनधान्याञ्चल हुने भएकोले उक्त कार्यक्रममा उपस्थित भई पुण्यलाभ लिन हुन हार्दिक आमन्त्रण गर्नु भयो ।

कार्यक्रमका सहसंयोजक नरेश भट्टले तुला दान, अन्नदान, पृतीदान, धनधान्याञ्चल, . ब्राह्मण भोजन, प्रसाद वितरण, आरती सेवालगायतका कार्यक्रम रहेको बताउनु भयो । यसैगरी विशेष रुद्री शान्ति पाठ, ब्रतबन्ध (उपनयन संस्कार) मा सहभागी हुन चाहेमा गर्न पाइने बताउनु भयो। विगतमा पनि यो मन्दिरमा यस्तै महायज्ञको आयोजना गरिएको र अहिले पनि मिन्दरको विकासको लागि यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । सावन १३ गते विहान ८ बजेदेखी शुभ कलशयात्राको आयोजना गरिने भएका सम्पुर्ण झक्तजनहरुलाई सहभागिको लागि मन्दिर समितिले आमन्त्रण गरेका छन् ।

बिहान ६ः०० बजेदेखि ९ः०० बजेसम्म बैदिक पूजापाठ, बिहान ७ः०० बजेदेखी ११ः०० बजेसम्म मूल पाठ पारायण तथा रुद्रीपाठ, दिउसो १ः०० बजेदेखि ५ः०० बजेसम्म श्रीमद्भागवत संगीतमय कथा प्रवचन बेलुका ६ः०० बजेदेखि ७ः०० बजेसम्म बाल संस्कार कार्यक्रम रहेको छ ।

यसैगरी, बेलुका ७ः०० बजेदेखि ८ः०० बजेसम्म श्रृंगारिक महाआरती बेलुका ८ः०० बजेदेखि १०ः०० बजेसम्म महात्म्य कथा, झाँकी, भजन कृर्तन । २०८२ साउन १९ गते पूर्णाहुती, यज्ञ विर्सजनका साथै प्रसाद वितरण गरिने भएको छ ।

प्रतिक्रिया दिनुस