शुनिल राना,
कञ्चनपु्रमा पनि विश्व आदिवासी जनजाति दिवस मनाईने भएको छ । नेपाल आदिवासी जनजाती महासघ जिल्ला समन्वय समिति परिषद कञ्चनपुरको आयोजनामा २४साउन(शुक्रबार) दिवस मनाउने भएको हो । नेपाल आदिवासी जनजाती महासघ जिल्ला समन्वय समिति परिषद पालिका समन्वय समितिले आ–आफ्नो पालिकामा दिवस मनाउने भएका हुन ।
नेपाल आदिवासी जनजाती महासघ जिल्ला समन्वय समिति परिषद कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठले जिल्लाका सबै पालिका समन्वय समितिले विवित कार्यक्रम गरेर ३१औँ विश्व आदिवासी जनजाती दिवस मनाउने बताए ।
‘हामीले जिल्ला समन्वयबाट बेलौरीमा कार्यक्रम स्थगित गर्दै जिल्लाभरीका सबै पालिकाले आ–आफ्नो पालिकामा शुभकामना आदान प्रदानदेखि समाजिक काम गर्छन, ‘उनले भने, ‘दिवसलाई यस बर्षपनि उत्साहका साथ मनाउन लागिएको छ ।’ अगस्त ९तालिका दिन हरेक बर्ष मनाउँदै आएको दिवस यस बर्षपनि कञ्चनपुर सहितका जिल्लाहरुमा मनाईन लागिएको छ ।