सुवर्ण प्रशाद जोशी,
कञ्चनपुरको उत्तरी भेग हल्दुखालका युवा सडक सरसफाईमा जुटेका छन । हाम्रो आफ्नो कृषि सहकारी संस्थाका अध्यक्ष समेत रहेका युवा धनसिह ठगुन्ना नेतृत्वमा सडक सरसफाईमा जुटेका हुन ।
सहकारीका अध्यक्ष धनसिह ठगुन्नाले सार्वजनिक सडक छेउछाउमा रहेका झाडीदेखि खाल्टाखुल्टी पुर्ने काम भईरहेको बताए । उनका अनुसार टकनपुर भाँसी सडक, कोरिएन भोलेशंकर चोकसम्म दायाबाया सडक सफाईदेखि खाल्टाखुल्टी पुर्ने काम भईरहेको बताए । सडकमा हुने सवारी दुर्घटना न्यूनिकरणका लागि खाल्टाखुल्टी पुर्नेदेखि झाँडी सफाई भईरहेकोे बताए । उनका अनुसार थप गाँउबस्तीमा समेत सडक सुरक्षाका समाजिक कार्यक्रम गरिनेछन । सडक सुधार गर्दै नागरिकको सुरक्षित यात्राका लागि सचेतनामुलक कार्यक्रम गर्न थालेपछि युवाहरुको प्रसंसा भईरहेको छ ।
प्रतिक्रिया दिनुस