कञ्चनपुर,

कञ्चनपुरको नगरपालिका ६ सिसैयास्थित भुवनेश्वरी माध्यमिक विद्यालयबाट कक्षा १२ मा ७६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको १२को परीक्षामा भुवनेश्वरीका ७६ विद्यार्थी उर्तिण भएका हुन । विद्यालयकोे तथ्याङ्क अनुसार विद्यालयमा १ सय ४२ विद्यार्थीले परीक्षा दिएका थिए ।

विद्यालयका प्रधानाध्यापक रण बहादुर दौल्यालले विगतको तुलनामा कक्षा १२ को नतिजा सुधार भएको बताए । नतिजा सुधारका लागि विद्यार्थीहरुलाई अतिरिक्त कक्षा सञ्चालन गरिएको प्रधानाध्यापक दौल्यालले बताए । प्रअ दौल्यालका अनुसार व्यवस्थापन संकायकी मनिसा भुलले सबैभन्दा बढी ३ दशमलव ४२ जीपीए ल्याएकी छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रविन बोगटीले विद्यालयको शैक्षिक र भौतिक सुधारको योजना बनाएर अघि बढेको बताएका छन ।

पछिल्लो समय विद्यालयमा विद्यार्थी संख्यामा सुधार आएको छ। हाल ८ सय हाराहारी विद्यार्थी अध्ययनरत छन् ।

  • २०८१ को एसइईमा पनि विद्यालयले बेदकोट नगरपालिकामै उत्कृष्ठ नतिजा ल्याएको थियो ।भुवनेश्वरी मावि सुदूरपश्चिम प्रदेश सरकारले नमूना छनौट विद्यालय छनौट गरेको छ । बाल विकासदेखि १२सम्म पठन पाठनमा प्रभावकारिता ल्याउने जनाएको छ ।
प्रतिक्रिया दिनुस