नरेश राना,

नेकपा माओवादी केन्द्र निकट किसान सगठनले लालझाडीका किसानमाथि भएको अन्याय छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको छ । माओवादी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) जिल्ला कार्य समिति कञ्चनपुरले अनुदानमा कृषि समाग्री दिन्छु भन्दै किसानमाथि भएको ठगि गिरोहमाथि कार्बाहीको माग अघि सारेको हो । नेपाल किसान महासंघ (क्रान्तिकारी) जिल्ला कार्य समिति कञ्चनपुरले प्रेस नोट जारी गर्दै अनुदानमा कृषि समाग्री दिलाउँछु भन्दै किसानबाट अग्रीम रकम अशुल्ने गिरोह, सुरो नेपालदेखिका सहकारीमाथि छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको छ । अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) जिल्ला कार्य समिति कञ्चनपुरका इन्चार्ज दशरत भण्डारीले किसानमाथि ठगि गर्ने अझैपनि बाहिरै भएकाले सुक्ष्म अनुसन्धान गरेर कार्बाहीको माग अघि सारेको छ । लालझाडी गाँउपालिकामा सहकारी मार्फत सुरो नेपाल एनजिओले ठगेकोे समाचार बाहिरिएको पछि सगठनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

लालझाडीका ३सय किसानलाई अनुदानमा कृषि समाग्री दिन्छु भन्दै ठग्ने सुरो नेपाल, त्यसका एजेण्ड, सहकारी अन्य व्यक्तिमाथि कानुनी कार्बाही गर्दै, किसानलाई कृषि समाग्री वा दिएको रकम ब्याज सहित फिर्ता गर्नुपर्ने संगठन सम्बन्धीत निकायसंग माग गरेको छ । साथै नेकपा माओवादी केन्द्र निकट किसान सगठनले देशभरका किसानका विद्यमान समस्यालाई सरकारले समाधानको साटो विचौलियादेखि ठुला व्यवसायी पोस्ने काम गरेको छ । किसानले समयमै मलखाद नपाउने समस्याबाट गुज्रिरहेको यो अवस्थामा किसानलाई सरकारले केही राहत दिनुको साटो किसानमाथि अन्याय किसान ठगिदा समेत सरकार गम्भिर नभएको हाम्रो संगठनको ठहर छ ।

उखु किसानलाई दिर्दै आएको अनुदान निरन्तरता र लालझाडीका किसानमाथि भएको अन्याय नरोके आन्दोलनको चेतावनी दिएको छ । सरकारले उखु किसानलाई प्रोत्साहन गरेर चिनी उत्पादन बृद्धि गर्दै विदेशामा निर्यातकोे साटो यस अघिका सरकारले दिदै आएको अनुदान कटौती गरेर किसानमाथि घोर अन्याय गरेकोप्रति संगठन घोर आपत्ति प्रकट गरेको छ । किसानलाई दिदै आएको अनुदान चालु आर्थिक बर्षमा पनि निरन्तर दिन र लालझाडीका ठगिएका किसानको न्यायका लागि जोडदार माग गरेको छ । किसानले आफुहरुकै पैशा लिएर सहकारीका केही मान्छे विदेश समेत सयर भएकाले सो माथि पनि छानबिन गर्नुपर्नेमा स्थानीले माग अघि सारेका छन । किसानले अन्याय भएको भन्दै बिहीबार दुवै सहकारीमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका छन ।

लालझाडीको अनमोल कृषि सहकारीले १ सय १० किसानबाट ४८ लाख, ४६ हजार बढि र दोदा साना किसान सहकारीले अढाई सय किसानबाट १ करोड, ३२लाख बढि रकम संकलन गरेर सुरो नेपालमा बुझाएका थिए । सुरो नेपाल एनजिओले दुवै सहकारीबाट मोटो रकम संकलन गरेर समान नदिएपछी उनीहरु बिरुद्धमा सहकारीले प्रहरीमा मुद्दा दिएका थिए । चुरो नेपालकी अध्यक्ष शुशिला खडका(ओझा) सहित दुई कारागारमा छन, बाँकी किसान ठग्ने फरार भएपछि सबैको खोजिको माग अघि सारिएको छ ।

प्रतिक्रिया दिनुस