कञ्चनपुर,
अखिल नेपाल महिला संघ(क्रान्तिकारी) बेदकोट नगरको अध्यक्षमा जलु जोशी चयन भएकी छिन ।
नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी) बेदकोट नगरको अध्यक्षमा जोशी चयन भएकी हुन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता राजुराम सार्की(भुल)ले अनेम संघ क्रान्तिकारी बेदकोट नगरको दोस्रो नगर अधिवेशनबाट सर्वसम्मतिय आधारमा नयाँ कार्य समिति चयन गरिएको बताए ।
उपाध्यक्ष नन्दख खडका, दुर्गा धामी, सचिव विष्ना भण्डारी, सहसचिव डम्बर वड, कोषाध्यक्ष मन्त्री राना सहितका रहेका छन । कार्यक्रममा माओवादी केन्द्र कञ्चनपुरका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुस