कञ्चनपुर, मंसिर ६

अवैध रुपमा हुने बन्यजन्तुको व्यापार रोकथामका लागि सरक्षणमा जुटेका युवाहरुलाई तालिम दिईएको छ । चुरे सरक्षण सञ्जाल नेपालले बेदकोट नगरपालिका क्षेत्रका सामुदायिक वनका उपभोक्ता एव सरक्षणका क्षेत्रमा जुटेका युवाहरुलाई तालिम दिएको हो ।

चुरे सरक्षण सञ्जालका अध्यक्ष रविन्द्र कुँवरले अवैध रुपमा हुने बन्यजन्तुको चोरी,शिकारी एव गैर कानुनी व्यापार तस्करी नियन्त्रण गर्दै बन्यजन्तुको सरक्षणका लागि स्थानीय सरक्षणमा जुटेका युवा एव सिबिएयूपीका सदस्यहरुलाई जनचेतनामुलक अभिमुखिकरण(तालिम) दिएको बताए ।

अध्यक्ष कुँवरका अनुसार तराई भूरिधी तथा सरक्षण कार्यक्रम कोहलपुर बाकेको सहयोगमा सरक्षणमा जुटेका युवा एव सिबिएयूपीका सदस्यहरुलाई एक दिने जनचेतनामुलक अभिमुखिकरण(तालिम) छ । डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत विमल चन्दले बन्यजन्तु रोकथामका विषयमा प्रशिक्षण दिएका थिए । चुरे सरक्षण सञ्जाल नेपालका व्यवस्थापन करन भट्टले सहजिकरण गरेको कार्यक्रममा सरक्षणकर्मीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस