काठमाण्डौं पौष १९ , अनेरास्ववियूको एकता प्रक्रियामा बिवाद शुरु भएको छ । अनेरास्ववियूको को एकता प्रक्रियामा अखिल क्रान्तिकारी बाट केन्द्रीय सदस्य छनौट निकै बिभेदकारी ढंगले भएको भनी व्यापक असन्तुष्टि बाहिरको छ ।

संगठनमा सहसंयोजक रंजित तामाङले आफ्ना नजिकका आसेपासे समेट्न खोजेको र संगठनमा लामो समय योगदान गरेका कृयाशिल नेताहरु छुटाए भन्दै केहि बिध्यार्थी नेताहरुले असन्तुष्टि जनाएका छन ।

बिभेदपुर्ण रुपमा केन्द्रिय समिति चयन गरिएकोले यसलाई खारेज गरि संगठनमा विधि पद्धतिमा रहि छनौट गर्नुपर्ने भन्दै संगठनका उपाध्यक्ष दिपक जोशी, उपमहासचिब लक्ष्मी जोशी ,आशा तमु, मिलन एम सि, सचिव डिबि साउद, नारायण खनाल, गंगा दहाल , लगायतका असन्तुष्ट पक्षको छलफल जारी रहेको कुरा अखिल क्रान्तिकारीका उपमहासचिव लक्ष्मी जोशीले जानकारी दिनुभयो ।

भोली थप भेलागरी पार्टी केन्द्र, जबस इन्चार्ज , संयोजक ऐन महर लाई भेटेर अबैधानिक प्रक्रियामा अनुसार केन्द्रिय सदस्यको बारेमा छलफल गर्ने कार्यक्रम रहेको जोशीले बताए । बिना छलफल मिडियाबाजी गरेको कुरा अमान्य रहेको भन्दै बिभेदपुर्ण निर्णयको देशब्यापीरुमा भण्डाफो गर्ने नेता जोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुस