विकास सिह महता ,कञ्चनपुर १७ ।राष्ट्रिय जनमोर्चा कञ्चनपुरले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ठोस कदम अघि नबढाएको निष्कर्ष निकालेको छ । जनमोर्चा कञ्चनपुरका युवा नेता एव अखिल छैठौँका केन्द्रीय महासचिव महेश जोशीले जनमोर्चा कञ्चनपुरले कोरोना नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघ सरकार असफल भएको निष्कर्ष निकालेको बताए ।
‘स्थानीय र संघ सरकारले कोरोना रोकथाम र निदानका लागि पहल गरेपनि विचमा रहेको प्रदेश सरकार भूमिका विहिन देखिएको छ, ‘उनले भने, ‘हामीले पहिल्यै भनेका थियौँ, संघीयताको काम छैन, यस्तै अहिले देश महासंकटमा पर्दा प्रदेश सरकार कुनै भूमिका नै छैन् । ’ प्रदेश सरकार कमिसन र देशका भोज भएको जनमोर्चाका नेताहरुको तर्क थियो ।
नेता जोशीका अनुसार कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको क्वारेन्टाईन सम्बन्धी व्यवस्था अत्यन्तै नराम्रो रहेको निष्कर्ष निकाल्दै क्वारेन्टाईमा स्वास्थ्य वर्धक वातावरण नभएको , एउटै शौचालय सबैले प्रयोग गर्नु,। कोठामा सबै कोचेर राखेको, परिक्षण बिना नै घर पठाउने वा परिक्षणबाट पोजेटिभ आएकालाई घर पठाउने गरेको प्रति आपत्ति जनाईएको छ ।
कोडिभ बारे बेथिति असार २८ मा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र तथा सोही दिन स्थानीय मदनचोकमा विरोध कार्यक्रम गर्ने जनाईएको छ । सरकारले किसानलाई आवश्यक पर्ने मल बिउ उपलब्ध गराउन नसक्दा त्यसले कृषि कार्य मा गम्भिर असर पुर्याएको छ त्यसका कारण किसानलाई अभिलम्ब मल बिउ गराउन जोडदार माग गरिएको छ । चालु आर्थिक वर्ष भित्र पुरा गर्न भनि भनिएका दक्षिण पश्चिम जोडिएका सडकको अवस्था नाजुक अवस्थामा रहेका सडक सुधारको माग गरिएको छ । सामाजिक अपराध बलात्कार, हत्या,चोरि लगायतका घटनामाथि संलग्न व्यक्ति माथि छानविन गरि कार्बाहीको माग अघि सार्दै एमसीसी खारेजीको समेत माग अघि सारिएको छ । जनमोर्चा कञ्चनपुरका अध्यक्ष राम कार्कीको अध्यक्षमा बसेको बैठकले उक्त गरेको थियो ।

प्रतिक्रिया दिनुस