काठमाडौं भाद्र २७। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले एमसीसीबारे अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रस्तावमाथि नोट अफ् डिसेन्टु राखेका छन् ।शुक्रबारको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले एमसीसी परियोजना देश हितमा संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने प्रस्ताव गरेका थिए ।पोखरेलले त्यसमा नोट अफ् डिसेन्ट राखेका हुन् ।“एमसीसी आफैंमा विभिन्‍न उद्देश्यले आएको हो ।

मूल सम्झौता संशोधन हुँदैन भनेर अमेरिकी पक्षले भनिसक्यो । मूल सम्झौतामै संशोधन हुँदैन भने कसरी हित अनुकूल संशोधन हुन्छ त पोखरेलले बैठकमा उठाएका थिए ।

एमसीसी आईपीएस इन्डो प्यासिफिक स्ट्राटेजीको अंग भएको बताउँदै आएका पोखरेल बैठकमा पनि त्यही कुरामा उभिएका थिए अमेरिकाले नेपाललाई आईपीएससँग साझेदारी गराएको उनको ठहर थियो । “यो नेपालको संविधान कानुन, सरकार, संसद, अदालतको मान्यताको विपरीत छ । संविधानभन्दा माथि रहने सम्झौताका कुराहरू छन् ।

प्रारम्भमा प्रोटोकल नमिली सम्झौता भएको छ । उताबाट सामान्य कर्मचारी, हाम्रोमा मन्त्रीले हस्ताक्षर गरेर सम्झौता भएको छ । त्यो अनुदान सहायतासम्बन्धी समझदारी हो । त्यसलाई अन्तर्राष्ट्रिय कानुन अनुसार सन्धिको मान्यता दिएको छ । त्यो परिमार्जन गरेर देश हित अनुकूल बन्ने कुरामा सन्देह छ, अतः यसमा मेरो नोट अफ् डिसेन्टु हो,” उनको भनाइ थियो । बाह्रखरीबाट सभार

प्रतिक्रिया दिनुस