फाइल फोटो

दार्चुला १८, कार्तिक–दार्चुलामा नालीभित्र एक पुरुषको शव फेला परेको छ। जिल्लाको शैल्यशिखर नगरपालिका –९ शिवपुरी धाम जग्वाचौर नजिक गोकुलेश्वरमा पानीको नालीभित्र मंगलबार बिहान डिलाशैनी गाउँपालिका गन्ना घर भएका गोबिन्द घरेडीको शव फेला परेको हो।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्रसिह साउँद नेतृत्वको टोली घटनास्थलमा पुगेको छ। शवको छेउमा खसेको मोबाइलबाट सम्पर्क गर्दा उक्त शव गोबिन्द घरेडीको भएको पत्ता लागेको हो।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए।

प्रतिक्रिया दिनुस