भारत उत्तर प्रदेशको प्रयागराजमा विषादी मदिरा सेवनबाट ६ जनाको ज्यान गएको छ। १५ जना अस्पतालमा जीवन–मरणको दोसाँधमा रहेको बीबीसी हिन्दीले जनाएको छ। सुरुमा शुक्रबार बिहान एकजनाको स्वास्थ्य खराब भएपछि अस्पताल लगिएको थियो। अबेर राति उनको मृत्यु भयो। त्यसपछि अरु पनि क्रमशः बिरामी हुन थाले।

शुक्रबार अपरान्हसम्म कैयौं मानिस अस्पताल भर्ना भएका छन्। बिरामीमध्ये ६ जनाको मृत्यु भइसकेको छ। प्रयागराज प्रहरीका अनुसार १५ जनाको अस्पतालमा उपचार भइरहेको छ। मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि धेरै कुरा खुल्ने प्रहरीले जनाएको छ।

मदिरा बिक्री गर्ने पसल सञ्चालक र सेल्सम्यान प्रहरी नियन्त्रणमा छन्। सबैले शुक्रबार गाउँकै एक होलसेल पसलबाट मदिरा खरिद गरेका थिए।

प्रतिक्रिया दिनुस