नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरेको, चीनले नेपालको भूमि मिचेको भन्दै माइतीघरमा विरोध प्रदर्शन भएको छ । स्वतन्त्र युवाको समूहले शनिबार काठमाडौंको माइतिघरमा चीनको हस्तक्षेप बन्द गर्नुपर्ने लगाएतका माग गर्दै प्रर्दशन गरेका हुन् ।

प्रदर्शनमा सहभागी युवाहरुले ’गो ब्याक चाइना’, ’नेपाली भूमि मिच्न पाइँदैन’, चिनियाँ विस्तारवाद मूर्दावाद लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले नेपालको उत्तरी क्षेत्रमा चीनले आफ्नो रवैया देखाउँदै नेपाली भूमि मिचेको भन्दै फिर्ता गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुस