कञ्चनपुरमा लैगिंक हिंसा विरुद्ध १६ दिने अभियानको अन्तिम दिन बिहीबार दीप प्रज्वलन गरिएको छ। जिल्लाको महाकाली नगरपालिकामा विभिन्न ६ संस्थाले बिहीबार साँझ दीप प्रज्वलन गरी लैगिंक हिंसा विरुद्ध १६ दिने अभियानको समापन गरेका हुन्।
वडा नं. ६ हेल्थपोष्ट बजारमा दीप प्रज्वलन कार्यक्रम गरी लैगिंक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न भएको आयोजक संस्थाहरूले जनाएका छन्। निड्स नेपाल कञ्चनपुर, माइती नेपाल कञ्चनपुर, आस्था कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, डिसी यूथ नेटवर्क, नेपाल रेडक्रस सोसाइटी दोधारा उपशाखा र महाकाली नगरपालिका वडा नं. ६ वडा कार्यालयहरूले कार्यक्रमको आयोजना गरेको हो।
लैगिंक हिंसा अन्त्यको प्रतिबद्धता: व्यक्ति समाज र सबैको एकबद्धता नारा सहित महाकाली नगरपालिकामा लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिइन्। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान प्रत्येक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइन्छ।
प्रतिक्रिया दिनुस