मानव अधिकार तथा शान्ति समाजले मोरङ जिल्लाको मिक्लाजुङस्थित सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न रहेकाहरुलाई कानुन सम्मत् कारवाही गर्न सरकासँग माग गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै समाजले हत्या, हिंसाको राजनीति सदैव निन्दनीय हुने र सभ्य समाजलाई स्वीकार्य नहुने तथ्य पनि स्मरण गराएको छ ।

‘हिंसाको राजनीतिले एकातिर २०६२÷६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई खण्डित गर्न चाहने तप्कालाई र अर्कोतिर विभिन्न बहानामा भ्रष्टाचार र असक्षमतालाई ढाकछोप गर्न खोज्ने चरित्रलाई बल पुग्ने हुँदा हिंसाको मार्ग त्यागी शान्तिपूर्ण राजनीति अवलम्बन गर्न विप्लव नेतृत्वको नेकपालाई शान्ति समाज पुन आग्रह गर्दछ,’ समाजका महासचिव सुशील बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुस