प्रधानमन्त्री कप (पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशको प्रदेशस्तरीय छनौट प्रतियोगिता आजदेखि शुरु हुदैंछ। पुरुष टोलीको छनौट आजदेखि कञ्चनपुरको महेन्द्रनगरमा हुदैंछ भने महिलातर्फको छनौट प्रतियोगिता अगामी पुस ४ गतेदेखि कैलालीको धनगढीमा हुने जनाईएको हो।

नेपाल क्रिकेट संघ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अनुसार पुरुषतर्फको उद्घाटन खेलमा आज अछाम र डोटी भिड्ने भएका छन् । महेन्द्रनगरस्थित कभर्ड हल मैदानमा उक्त उद्घाटन खेल बिहान ९ बजेदेखि शुरु हुने नेपाल क्रिकेट संघका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले जानकारी दिए।

प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य डाक्टर दीपक प्रकाश भट्टले गर्नुहुने कार्यक्रम रहेको छ । यस्तै आजनै हुने अर्को खेलमा खुलामञ्च खेलमैदानमा डडेल्धुुरा र कञ्चनपुर आमने सामने हुनेछन्। पुरुषतर्फको छनौटमा प्रदेशका ८ टोलीको सहभागीता रहनेछ। पुस ३ गतेसम्म सञ्चालन हुने उक्त पुरुषको छनौट प्रतियोगिताबाट प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिम टोली छनौट हुने जनाइएको छ। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अगामी पुस ११ गतेबाट हुदैंछ ।

महिलातर्फका खेलहरु दाङमा सञ्चालन हुनेछन् भने पुरुषतर्फका काठमाडौंमा हुने नेपाल क्रिकेट संघले जनाएको छ। प्रतियोगितामा तीन विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता रहने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

प्रतिक्रिया दिनुस