नेकपा(क्रान्तिकारी माओवादी) को पश्चिम ब्युरो मिटिङ आज देखी सुरु भएको छ। बाँकेमा सुरु हुने मिटिङको संवोधन नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले गर्ने कार्यक्रम तय भएको नेकपा(क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य विक्रान्तले जानकारी दिए।
वर्तमान सरकारको गलत रवैयाका विरुद्ध (क्रान्तिकारी माओवादी)ले मिटिङ बाट थप सङ्घर्षका कार्यक्रम तय गर्ने उनले बताए। दुई दिने पश्चिम ब्युरो मिटिङ बिहान १० बजे देखी सुरु हुने उनले जानकारी दिए।
प्रतिक्रिया दिनुस