कैलालीको गोदावरी नगरपालिकामा कोरोनाको स्वाव संकलन गर्ने कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। नगरपालिकाको ल्याव कार्यरत कर्मचारी पुष्प राज जोशीमा कोरोना संक्रमण देखिएको हो।
नगरपालिका मातहतको ल्यावमा २ जना स्वाव संकलन गर्ने कर्मचारी रहेकोमा एक जनामा बिहिबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका प्रमुख बिर बहादुर कुँवरले जानकारी दिए।
उनले कोरोना संक्रमित जोशीको स्वास्थ्य अवस्था सामान्य रहेको बताए। उनले स्वास्थ्य शाखामा काम गर्ने कर्मचारीमा कोरोना देखिएपछि आईतबार सम्मका लागि स्वास्थ्य शाखा बन्द गरिएको र स्वाव संकलन गर्ने कर्मचारीमा कोरोना देखिएपछि स्वाव संकलनको काम पनि रोक्नु परेको बताए।
अत्यावश्यक परेको खण्डमा भने वैकल्पिक व्यवस्था गरेर पनि स्वाव संकलन गरिने स्वास्थ्य शाखा प्रमुख कुवँरले बताए ।
प्रतिक्रिया दिनुस