कैलालीमा नेकपा (क्रान्तिकारी माओवादी) निकट (अखिल क्रान्तिकारी) ले  विरोध प्रदर्शन गरेको छ। शनिवार अत्तरियामा वर्तमान राज्य सत्ता र सरकारका बेतिथि विरुद्ध  (अखिल क्रान्तिकारी) ले विरोध प्रदर्शन गरेको हो।
विरोध सभामा बोल्दै नेकपा(क्रान्तिकारी माओवादी ) प्रदेश सचिवालय सदस्य कैलाश जोशीले वर्तमान राज्य सत्ता व्यवस्था र सरकारको विकल्पमा सङ्घीय जनगणतन्त्रको स्थापना हुनुपर्ने बताए। उनले राष्ट्रघात, जनघात, महँगी, भ्रष्टाचार, बलात्कार र सामाजिक न्याय प्रतिको सरकारी उदासीनता विरुद्ध सबै गोलबद्ध हुनुपर्नेमा जोड दिए।
(अखिल क्रान्तिकारी) का केन्द्रीय सदस्य पुष्पराज जोशीले वर्तमान सरकार गैर न्यायिक ढङ्गले प्रस्तुत भएकाले त्यसको विरुद्ध विरोध सभाको आयोजना गरिएको बताए। उत्प्रेरित शोषणमा परेका जनताको मुक्तिका लागी नै जनगणतन्त्रको आवश्यकता देखिएको उनले बताए। अवको विकल्पको शक्ति (अखिल क्रान्तिकारी) नै रहेको उनले बताए।
No description available.
शिक्षा, स्वास्थ्यलाई राष्ट्र करण गर्न अवको विकल्प नै जनगणतन्त्र भएको उनले दाबी गरे। उनले त्यसका लागी आफूहरू थप सशक्त भएर निरन्तर आन्दोलनमा उत्रिरहेको स्मरण गराए। उनले अबका युवा पिँढीले एकजुट भएर लाग्नुपर्ने बेला आएको बताए।
सम्पादक–यस अघि (अखील क्रान्तिकारी) हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ। 
प्रतिक्रिया दिनुस