कैलालीमा पेट्रोल पम्प अगाडी रोकिएको ट्रकमा आगलागी भएको छ। जिल्लाको लम्किचुहा नगरपालिका–२ भल्कामा रहेको पेट्रोल पम्प अगाडी रोकिएको ना ४ ख ४९१२ नम्बरको ट्रकमा आगलागी भएको छ।
No description available.
आगलागी बाट ट्रक जलेर नष्ट भएको कैलाली प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता एवं डिएसपी प्रतिक विष्टले आगो नियन्त्रणमा लिइएको बताउँदै थप विवरण आउन बाँकी रहेको बताए।
प्रतिक्रिया दिनुस