कैलालीमा गैँडाको खाग सहित एक जना पक्राउ परेका छन् । जिल्लाको बर्गगोरीया गाउँपालिका ४ का स्थानीय ५८ वर्षीय नैन बहादुर कठरियालाई प्रहरीले खाग सहित पक्राउ गरेको हो ।

स्थानीय छतिवन सामुदायिक बन नजिकै पूर्व पश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको आटो रिक्सामा राखिएको अवस्थमा प्रहरीले खाग सहित कठरियालाई पक्राउ गरेको सङ्घीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नल प्रसाद उपाध्यायले जानकारी दिए ।
सङ्घीय प्रहरी कार्यालय धनगढीको टोलीले सोमबार बिहान कठरियालाई पक्राउ गरेको हो ।

उनले खाग कहाँबाट ल्याएका थिए र कहाँ लैजाँदै थिए भन्ने विषयमा छानबिन भइरहेको एसएसपी उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुस