सुदूरपश्चिमका थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा सोमबार १ सय ५८ नमूना परीक्षण गर्दा कैलालीका २९ सहित सुदूरपश्चिमका थप ३२ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका २३ जनामा संक्रमण देखिएको जानकारी दिए। यस्तै कैलालीकै लम्किचुहा नगरपालिकाका ३ जना, गोदावरी नगरपालिकाका २ जना र घोडाघोडी नगरपालिकाका १ जनामा समेत संक्रमण पुष्टि भएको छ। त्यस्तै कञ्चनपुर, डोटी र दार्चुलाका १–१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुस