कञ्चनपुर, १७ भदौँ

गत १० भदौँ (बुधबार)कोटेकोशी,त्रिशुली नदीमा आएको विनाशकारी वाढीबाट पीडित भएका नागरिकको राहतका लागि कञ्चनपुरको एक संस्थागत(निजी) विद्यालयले आर्थिक सहयोग गरेको छ ।

भीमदत्त नगरपालिका ३महेन्द्रनगरमा रहेको लिटिल बुद्ध एकेडेमी(एलबिए)ले भोटेकोशी, त्रिशुलीका वाढीपीडितको राहत, उद्दारका लागि आर्थिक सहयोग गरेको हो । बुधबार एलबिएले आठ लाख २५ हजार आर्थिक सहयोग गरेको विद्यालयले जनाएको छ ।

एलबिएका प्रिन्सिपल श्याम सिह मौनीले राष्ट्रिय विपद्तीका बेला विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थीबाट संकलन गरिएको रकम वाढीपीडित नागरिकको राहत, उद्दारका लागि रकम सहयोग गरेको बताए । उनका अनुसार विद्यालयबाट तीन लाख, ५३ हजार, ८रुपैया, शिक्षक, कर्मचारीबाट दुई लाख, ४४ हजार, ७सय ६२, विद्यार्थीबाट दुई लाख, २७हजार, २सय ४०रुपैया आर्थिक सहयोग गरेको छ ।

विद्यार्थीले खाजा खर्च घटाएर वाढीपीडितका लागि सहयोग गरेका छन । प्रिन्सिपल मौनीले बुधबारै सात लाख ५० हजार प्रधानमन्त्री दैविप्रकोप उद्दार कोषमा रकम जम्मा गरेको बताए । साथै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(एनप्याब्सन)मा ५० हजार र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल(हिसान)मा २५ हजार जम्मा गरिएको छ । एनप्याब्सन र हिसानले पनि देशभर संकलन गरेर सरकारलाई नै उक्त रकम बुझाउनेछ । यसैविच साता अघि विद्यालयका संस्थापक समेत रहेका प्रिन्सिपल मौनीले व्यक्तिगत तर्फबाट यस अघि एकलाख आर्थिक सहयोग गरेका थिए । लिटिल बुद्ध एकेडेमी(एलबिए)ले गत विगतका बर्षहरुमा समेत विपद्का बेला यसरी नै विद्यालयदेखि शिक्षक, कर्मचारी विद्यार्थीबाट सक्दो आर्थिक, भौतिक सहयोग गर्दै आएको थियो । एलबिएका प्रिन्सिपल मौनीले यस्तो राष्ट्रिय महाविपत्ती, संकटका बेला व्यक्तिगतदेखि संस्थागत रुपमा सहयोगका हातहरु अघि बढाउँदै गहिरो घाउमा मलम लगाउने प्रयास गरिएको बताए । यसरी निजी स्तरबाट संचालित विद्यालयबाट ठुलो रकम आर्थिक सहयोग गरिएपछि विद्यालयको समाजिक रुपमा समेत प्रसंसा भईरहेको छ ।

प्रतिक्रिया दिनुस