हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग प्रदेशबाट छुट्याएको बजेटको हिसाब माग्ने बताएका छन्।
शनिवार अत्तरियामा आयोजित नागरिक खबरदारी सभालाई सम्बोधन गर्दै शाहीले सो कुरा बताएका हुन। उनले पैसाको हिसाब नदिए आफू मुख्यमन्त्री त्रिलोचन भट्टको कार्यालयमा धर्ना दिने बताएका छन्। उनले आफू ५ दिन देखि ७ दिन सुदूरपश्चिममा बसेर सबै प्रश्नको जवाफ माग्ने बताए । मुख्यमन्त्री कार्यालयले जवाफ नदिए छड्के अनुगमन गरिने शाहीले बताए ।
उनले मुख्यमन्त्रीले जवाफ दिनुपर्ने प्रश्न मञ्चबाट राख्दै जवाफ दिन समेत आग्रह गरेका थिए ।
मुख्यमन्त्री त्रिलोचन भट्टले २०७५र७६ मा प्रदेशको बजेट २८ अर्ब १६ करोड ल्याएको बजेट के–के कुरामा खर्च भयो ?
नमुना कृषि गाउँ आफै बनाऊँ भनेर प्रत्येक स्थानीय तहलाई दिने भनेका थिए । नमुना कृषि गाउँ बनेको छ ?
कृषि योग्य जमिन र सिचाइको सुविधाका लागि भनेर १ अर्ब १६ करोड लिए । के अहिले सम्म सिचाई पुगेको छ ?
नौ ओटा जिल्लालाई नमुना लिफ्ट सिचाई भने त्यसका लागि १० करोड छुट्याईयो । कहाँ छ लिफ्ट सिचाई गरेको त्रिलोचन भट्ट ज्यु ?
एउटा निर्वाचन क्षेत्रमा पूर्वाधार विकास भनेर ९६ करोड रुपैयाँ छुट्याएका छन् । निर्वाचन क्षेत्रमा कुनै नयाँ सरकारी कार्यालय बनेको छ ?
८० हेक्टरको क्षेत्रफलमा केरा खेती गर्ने भने । त्यसको लागि २ करोड लगियो केरा खेती भएको छ ८० हेक्टरमा ?
मेसिन उपकरणमा अनुदान दिने भनेर ५ करोड छुट्याईयो खै त्यो पैसा कता खर्च भयो ?
चिस्यान केन्द्र निर्माण गर्ने भनेर बजेट छुट्याईएको छ । चिस्यान केन्द्र बनेको छ ?
स्थानीय तहमा एक तहमा एक औद्योगिक केन्द्र स्थापना गर्ने भनेर ३ करोड बजेट विनियोजन गरिएको छ । तर त्यो औद्योगिक केन्द्र कहाँ बनेका छन् ?
प्रदेशमा खाद्य डिपो बन्ने भनेर ६ करोड लगिएको छ । खाद्यको डिपो बनेको छ ?
मुख्यमन्त्रीले गरिवका लागि बस्ती बनाउने भनेर ४ करोड लगेर गए । बस्ती बनेको छ ?
नदी नियन्त्रण गर्ने भनेर ७१ करोड लिएर गएका छन् । त्यो पैसाले कहाँ नदी नियन्त्रण भएको छ रु हिसाब चाहियो ?
प्रदेशमा गौरवका सडक योजना बनाउने भनेर ४२ करोड लगेर गएका रहेछन् । कहीँ अहिले सम्म गौरवको सडक बनेको छ ?
प्रतिक्रिया दिनुस