प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो। त्यसको संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको छ।

यसमा आइतबार पनि सुनुवाइ भएको थियो। संवैधानिक इजलासले हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गरिरहेको छ। संवैधानिक इजलासमा आज पनि फेरबदल गरिएको छैन। सर्वोच्चले प्रकाशित गरेको दैनिकी पेशी सूचिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादर केसीको संवैधानिक इजलास तोकेको छ।

आइतबारको सुनुवाइमा निवेदक पक्षका कानुन व्यवसायीले बहस गरेका थिए। उनीहरुले संसद् विघटन गर्ने निर्णय संविधान विपरीत भएको जिकिर गरेका थिए। आज पनि केहीबेरमा संवैधानिक इजलासमा सुनुवाइ सुरु हुने भएको छ।

प्रतिक्रिया दिनुस