कञ्चनपुरमा नहर टालटुल पार्न भन्दै महाकाली सिचाइ आयोजनाले मुलनहर बन्द गरिदिँदा गहुँ किसान मारमा परेका छन्। उखु, तोरी काटेर पुस पहिलो साता गहुँ छर्केका किसानहरूले पानी अभावले गहुँ खेतमै सुक्न थालेको गुनासो गरेका हुन्। जिल्लाको बेलौरी नगरपालिका –९ का किसानले गहुँ लगाएपछि नहरमा पानी नआइदिँदा समस्या भएको गुनासो गरेका छन्। स्थानीय धर्मसिंह ऐरले गहुँ खेतमै सुक्न थालेको गुनासो पोखे।
गहुमा पानी लगाउने समयमा बजेट पचाउन महाकाली सिचाइ आयोजनाले नहर मर्मत भन्दै बखेडा झिकेको उनको आरोप छ। कञ्चनपुरमा ५१ हजार २ सय ५३ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिन्छ। तर यस वर्ष भने सिचाइ अभावले गहुँ खेतीमा पनि ह्रास आउने किसानहरू दुखेसो पोख्न थालेका छन्।
No description available.
तर महाकाली सिचाइ आयोजनाले भने नहर मर्मतका लागी दुई साता अघि देखी पानी बन्द गरिएको जनाएको छ। सूचना अधिकारी नवीन राज जोशीले दैजी क्षेत्रको मुलनहर केही सफाइ गर्नुपर्ने भएकाले पानी बन्द गरिएको जनाए। उनले काम सिद्धाएपछि पानी खोलिने बताए। तर किसानलाई मारमा पार्ने गरी महाकाली सिचाइ आयोजनाले बेमौसमी रुममा गलत कदम चालिरहेको प्रति आपत्ति जनाइएको छ। किसानहरूले त्यसको विरोधमा उत्रने चेतावनी दिएका छन्।
प्रतिक्रिया दिनुस