कञ्चनपुरमा वन मुद्धामा फरार दुइ जना प्रतिबादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको कृष्णपुर नगरपालिका–४ बगुनका २३ वर्षीय महेश राना र सोही ठाउँका ३३ वर्षीय बिर्जु चौधरी रहेका छन्।

दुवैलाई जिल्ला अदालतले २०७६ असार २३ गते १र१ महिना कैद र जनही १७ हजार ७ सय ३९ रुपैँया जरिवानाको फैसला सुनाएको थियो। सोमबार घरमै लुकेर बसेका दुवैलाई पक्राउ गरि आवश्यक कारवाहीका लागि अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

प्रतिक्रिया दिनुस