साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन) को मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन ९१ हजार ८ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार भने तोलामा २ सय रुपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य तोलाको ९१ हजार १ सय रुपैयाँ कायम भएको छ । आइतबार तेजाबी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ थियो । यसअघि साप्ताहिक कारोबारको पहिलो दिन सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको थियो । यसअघि अघिल्लो हप्ताको अन्तिम कारोबार दिन (शुक्रबार, माघ २ गते) छापावाल सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ प्रतितोला थियो ।

सोमबार चाँदीको मूल्यमा भने कुनै उचारचढाव आएको छैन । सोमबार पनि चाँदीको मूल्य आइतबारकै जस्तै प्रतितोला १ हजार २ सय ३० रुपैयाँ कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुस