अतीतलाई सम्झँदै कञ्चनपुरको वेदकोट नगरपालिका बस्ने युवा सर्जक प्रकाश कलौनी “स्वराडी” को शब्द र लय रहेको ‘सजिरएई कल्पना’ कालि काजरमा’ गीत सार्वजनिक भएको छ। शनिवार ‘बैतडी कि बसन्तीका’ चर्चित गायक हंसराज जोशीको स्वरमा रहेको उक्त गीत सुदूर खबर वान युट्युब च्यानलबाट सार्वजनिक भएको हो। पछिल्लो समयमा कला सस्कृती जोगाउन निरन्तर लागि परेका युवा कलौनीले विगतलाई सम्झिँदै ‘सजिरएई कल्पना कालि काजरमा’ गीत सार्वजनिक गरेका छन्।

मार्मीकभावमा रचना गरिएको उक्त काली कागँर गीतलाई उनले विगत सम्झिँदै बजारमा ल्याइएको बताए। उनले भने,–‘विगतमा परिवार⁄प्रेमिकालाई ‘कल्पना’ नाम बाट सम्झिँदै बाहिर ल्याइएको हो।’ उनको गीत सुदूरखबर वान युट्युब च्यानलबाट हेर्न सकिन्छ। पछिल्लो सयमा कला सस्कृती जोगाउन निरन्तर लागि परेका युवा कलौनीको यो साङ्गीतिक काली काजर दोस्रो कोसेलीका रूपमा हो।

यो भन्दा पहिला गाडी गुडि स्वराडमा नामक गीतले निकै चर्चा कमाएको थियो। बैतडीको शिवनाथ गाउँपालिका–२ शर्माली तल्लो स्वराडमा बुवा भानदेव कलौनी र आमा कमला देवी कलौनीका जेठा छोरा रूपमा वि.सं. २०५० सालमा जन्मेका प्रकाश कलौनी सानैबाट कला संस्कृतिलाई माया तथा समाज सेवा गर्ने स्वभावका हुन्। औपचारिक शिक्षा गाउँमै गरेका उनी माध्यमिक शिक्षाका लागी कञ्चनपुर पुगे।

माध्यमिक शिक्षाका क्रममा पनि कलौनी कञ्चनपुरको जागृति बाल कलवको अध्यक्ष रही सामाजिक कार्य तथा आफ्नो कला संस्कृति जगेर्नामा निरन्तर लागिरहे। माध्यमिक शिक्षा सकिएपछि उच्च शिक्षाका लागी काठमाडौँ पुगेका कलौनीले जब सुदूरपश्चिमको गौरा पर्व काठमाण्डौको टुडीखेलमा देखे उनी अचम्ममा परे। उनले काठमाण्डौको टुँडिखेलमा देखेको गौरा पर्व आफ्नो गाउँको गौरा भन्दा फरक देखेका थिए। ‘सुदूरको कला संस्कृति जगेर्ना गर्न अझ केही गर्नु पर्छ भन्ने सोच आयो र यो क्षेत्रमा काम गर्न थाले।’ उनी भन्छन्। उनले सुदूरका फाग, सगुन, ठाडी भाका, छलिया, हुड्केउली, गौरा, देउडा खेलहरू पनि सुदूर खबर वन च्यानलमा अपलोड गर्दै सुदूरका संस्कृतिबारे ज्ञान दिँदै आएका छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

प्रतिक्रिया दिनुस