सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन मार्फत सञ्चालन गरेका कक्षा भौतिक रूपमै सुचारु गरिने जनाएको छ। शिक्षा सास्त्र संकाय र व्यवस्थापन संकायले सोमबार सूचना प्रकाशन गर्दे प्राध्यापक तथा विद्यार्थीले स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाइ कक्षामा नै उपस्थीत हुन सुचित गरेको हो। शिक्षा सास्त्र संकायका विभागिय प्रमुख उद्धवदेव भट्टले पुस ८ गते देखी स्नातकतहका आठौं, छैठौं, चौथो, र दोस्रो तथा स्नातकोत्तर तहका चौथो र दोस्रो तहका कक्षा भौतीक रुपमै सञ्चालन गरीने जानकारी दिए।

त्यस्तै व्यवस्थापन संकायका विभागीय प्रमुख संकर दत्त भट्टले बिबिए दोस्रो सेमिष्टर, चौथो सेमिष्टर, छैटौँ सेमिष्टर र आठौँ सेमिष्टरका कक्षा पुस ७ गते देखी, बिबिएस दोस्रो वर्षका १२ गतेदेखी, तेस्रो बर्षका ९ गते देखी, र बिबिएस चौथो वर्षका ८ गते देखी सञ्चालन गरीने विभागिय प्रमुख भट्टले बताए।  एमबिएम दोस्रो र चौथो सेमिष्टरका कक्षा १२ गतेदेखी भौतीकरुपमै उपस्थीत भई सञ्चालन गरिने निर्णय गरिएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुस