नेकपा(क्रान्तिकारी माओवादी) सुदूरपश्चिम प्रदेश कमिटीको बैठक सुरु भएको छ। कैलालीको अत्तरिया स्थित होटेल रामारोषनमा (क्रान्तिकारी माओवादी)को बुधवार बाट दुई दिने बैठक सुरु भएको हो। नेकपा (क्रान्तिकारी माओवादी)का प्रदेश सचिव राम बहादुर महराले बैठकमा भावी रणनीतिका बारेमा छलफल भइरहेको जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अहित हुने गरी संसद विगठनको विरोध गर्ने लगायतका विषयमा छलफल भइरहेको उनले बताए। उक्त कदम को भर्त्सना गर्दे थप आन्दोलनका कार्यक्रम बैठकबाट तय हुने सेक्रेटरी महराले जानकारी दिए। बैठकमा जनतन्त्र, जनजीविका र राष्ट्रियताका विषयमा छलफल भइरहेको उनले बताए। नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी कमिटी सदस्य एवं प्रमुख अतिथि राम श्रीसले प्रधानमन्त्रीले चालेको कदम सडयन्त्रपुर्ण भएको बताए।
अहिलेका नामधारी कम्युनिस्टले मुलुकलाई अराजकता तर्फ धकेलेकाले अबको विकल्प भनेको नै नेकपा (क्रान्तिकारी माओवादी) भएको उनले बताए। अव जनताले वास्तविक कम्युनिस्टलाइ चिन्नुपर्ने अवस्था आएको बताउँदै उनले सबैलाई गोलबद्ध हुन आग्रह समेत गरे। अतिथिमा नेकपा (क्रान्तिरी माओवादीका) स्थायी कमिटी सदस्य तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज अनुकुल नेकपा (क्रान्तिकारी माओवादी )का केन्द्रीय सदस्य विक्रान्त, लालकिरण लगायत नौ वटै जिल्ला बाट प्रदेश कमिटी सदस्यहरुको उपस्थिति रहेको छ।