सर्वोच्च अदालतमा हेर्दाहेर्दैुमा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा कानुन व्यवसायीले आज पनि बहस गर्दैछन्। प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा, न्यायाधीशहरू विश्‍वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाई हुँदैछ।

हिजो ६ जना कानुन व्यवसायीले बहस गरेका थिए । इजलासमा बोल्दा धेरै समय लिने, विषयवस्तु दोहोर्‍याउने गरेकाले कानुन व्यवसायीलाई समय तोक्न थालिएको छ। एउटै विषयमा १३ वटा निवेदन सर्वोच्चमा छन्। ती रिट निवेदनको तर्फबाट आज पनि कानुन व्यवसायीले बहस गर्नेछन्। हिजोसम्म चारजना रिट निवेदकको तर्फबाट बहस भएको छ ।

प्रतिनिधिसभा पुनर्स्थापना हुने वा विघटन सदर हुने सर्वोच्च अदालतबाट निर्णय हुने भएकाले निकै चासोको विषय बन्दै गएको छ।

प्रतिक्रिया दिनुस