नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । बिहीबार प्रतितोला ९३ हजार १०० रुपैँयामा कारोबार भएको छापवाल सुन आज २०० रूपैयाँ घटेर ९२ हजार ९०० कायम भएको छ। रहेको नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य ९२ हजार ४०० रुपैँया कायम भएको छ ।
यसैगरी चाँदीको मुल्य पनि आज घटेको छ । तोलामा १५० रुपैँया घटेर चाँदी आज प्रतितोला १२ सय ६० कायम भएको छ ।

प्रतिक्रिया दिनुस