वनमन्त्रीमा प्रेम बहादुर आले बनेपछि शुक्लाफाँटा देखी लालझाडी सम्मका रुखमा त्रास उत्पन्न हुन थालेको भन्दै प्रचण्ड नेपाल नेकपा समूहका नेता भीम रावलले चिन्ता व्यक्त गरेका छन्।

शुक्रवार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा स्थायी समिति सदस्य तथा सुप प्रदेश इन्चार्ज नेता रावलले वन मन्त्री आलेप्रति लक्षित गर्दे काठ तस्कर नै वन मन्त्री भएपछि वन्यजन्तु र रुखहरूको अब के हुने भनेर सोच्ने बेला आएको बताए। उनले तस्कर गिरोहका नाइके आलेलाई हरियो वनलाई तस्करको धन बनाउन सरकारले बाटो खोलिदिएको आरोप लगाए।

वन्यजन्तु र रुखहरू महान् सङ्कटमा परेको बताउँदै भने,–‘तस्कर नै वन मन्त्री बनेपछि वन्यजन्तु र रुखहरूको अब के हुने ?’
उ सो त नेता रावल प्रचण्ड नेपाल समूहका भए पनि वन माफिया नै मन्त्रीमा रहेपछि वनजंगलको सुरक्षा प्रति उनले आयोजित पत्रकार सम्मेलनमा चिन्ता व्यक्त गरेका हुन्।

वन तस्कर मात्रै खुसी भएको बताउँदै रावलले आम संरक्षणकर्मी दुखी भएको बताएका छन्। ‘मैले प्रेम आलेलाई पटक पटक काठ तस्करी नगर्न र भ्रष्टाचार नगर्न आग्रह गरे तर, मान्नु भएन, ‘रावलले भने, ‘उहाँले एउटा सार्वजनिक कार्यक्रममा ९ लाख धरौटी तिरेर उन्मुक्ति पाएको घोषणा बाटै उनी वन तस्कर भएको स्वयमले घोषणा गरेका छन्।’

प्रेम आलेलाई आफुले चुनाव जिताएको बताउँदै रावलले वन तस्करी र भ्रष्टाचार नगर्न सुझाव दिएकै कारण आफु बिरुद्ध आले लागेको बताए। ओलीको असम्वैधानिक कदम बिरुद्धमा शसक्त भएर आन्दोलनको विकल्प नभएको समेत रावलले बताए। उनले संसद पूर्नस्थापना हुने बताउदै सुर्य चिन्ह आफुहरुकै हुने दावि समेत गरे।

प्रतिक्रिया दिनुस