
बैतडीमा तत्कालका लागि कोरानाको सक्रिय संक्रमितको संख्या शुन्य भएको छ। जिल्लाको दशरथचन्द नगगरपालिका –४ का एकजनाले कोरोना जितेसंगै जिल्लामा सक्रिय संक्रमित नरहेका स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।
जिल्लामा ६३६ जनामा संक्रमण पुष्टि भएको र ती मध्ये ६३४ जनाले कोरोना जितेका छन् भने २ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ। जिल्लामा ७ हजार ७ सय बढी नागरिकको पीसीआर विधि मार्फत कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य भएपनि कोरोनाको जोखिम भने कायमै रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन्। स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्।
		प्रतिक्रिया दिनुस
		
	

 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    