राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले रिक्त रहेका विभिन्न पदहरु परपूर्ति गर्न खुला प्रतियोगिताद्धारा १८ जनाको दरखास्त आह्वान गरेको छ। प्रयोगशालाले लोक सेवा आयोगबाट लिखित परीक्षा संचालन गर्नेगरि कर्मचारी छनौट गर्ने भएको हो ।

प्रयोगशालाले प्राविधिक तर्फ सहायक वैज्ञानिक अधिकृत ६ जना र वैज्ञानिक सहायक ९ जना गरी जम्मा १५ जना कर्मचारी माग गरेको हो। त्यस्तै प्रशासन तर्फ प्रशासकीय सहायक १ जना, लेखापाल १ जना, कार्यालय सहायक १ जना गरि ३ जनाको दरखास्त माग गरेको हो। इच्छुक योग्यता पुगेका तह अनुसार १८ वर्ष देखि ४५ वर्ष ननाघेका नेपाली नागरिकहरुले माघ ९ गतेबाट फागुन ११ गतेसम्म र दोब्बर दस्तुर तिरी फागुन १६ गतेसम्म आवेदन दिन सक्नेछन्।

दरखास्त फारम १ सय रुपैयाँ तिरी प्रयोगशालाको कार्यालय खुमलटार ललितपूरबाट प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया दिनुस