कैलालीको टीकापुर नगरपालिकामा २ करोड ७ सय ७२ रुपैयाँको लगानीमा योगाश्रम निर्माण भएको छ। महायज्ञमा दाताबाट ९३ लाख ९० हजार ७ सय ७२ रुपैया, टीकापुर नगरपालिकाबाट १४ लाख ५० हजार, सुदूरपश्चिम प्रदेश सरकारबाट ७० लाख र सांसद विकास कोषबाट २२ लाख गरेर दुई करोड ४० लाख रुपैयाँमा नवनिर्मित भवन निर्माण सम्पन्न भएको हो। योगाश्रम अन्तर्गत राष्ट्रिय अनुसन्धान केन्द्र प्रस्ताव गरिएको छ। २०५४ सालमा विधिवत रुपमा स्थापना भएको टीकापुर योगाश्रमको नवनिर्मित भवनका् सम्पूर्ण कार्य सम्पन्न भएको छ। टीकापुरमा देशकै नमुना योगाश्रम बनेको र यसले अब अनुसन्धान केन्द्रको रुप लिने विश्वास गरिएको छ।

योग अनुसन्धान र प्राकृतिक चिकित्साको सेवा दिइने बताईएको छ। आश्रमका संस्थापक एवं प्रमुख योग गुरु पृथ्वीराज रावलले अब योगलाई व्यवसायिक रुपमा स्थापित गरिने बताए। अहिले योग शिक्षा निर्विकल्प आवश्यकताका रुपमा देखिएकाले यसलाई योग अभ्यासका रुपमा मात्रै सीमित नराखेर कसरी व्यवसायिक रुपमा विकास गर्न सकिन्छ भन्नेतर्फ पनि सोच्नुपर्ने बेला भएको बताए । सोही सोचका साथ टीकापुर योगाश्रमले अनुसन्धान केन्द्र र प्राकृतिक चिकित्सा सेवा विस्तार गर्न लागिरहेको बताए ।

प्रतिक्रिया दिनुस