खानेपानीको माग गर्दै डडेल्धुराको अमरगढी नगरपालिका घेराउ गरिएको छ। नगरपालिकाको वडा नम्बर ८ का स्थानीय खानेपानीको माग गर्दै आन्दोलित भएका हुन।
वडाको खनमडा, टाँटर र लटाउलीमा खानेपानीको चरम अभाव भएकोमा नगरपालिकाबाट समस्या निराकरणका लागि कुनै पहल नभएको भन्दै स्थानीय आन्दोलित भएका हुन। नाराजुलुससहित गाउँबाट आएका उनीहरुले कार्यालय घेराउ गरेपश्चात जिल्ला सदरमुकाममा प्रदर्शन गरेका छन्।
प्रतिक्रिया दिनुस